हिजबुल मुजाहिद्दीनका कमाण्डर बेंग्लोरबाट समातिए

नेपालभ्युज

हिजबुल मुजाहिद्दीनका कमाण्डर बेंग्लोरबाट समातिए
सांकेतिक तस्वीर

जम्मू कश्मीर प्रहरीले हिजबुल मुजाहिद्दीनका कमाण्डर तालिब हुसैनलाई बैंगलोरबाट पक्राउ गरेको छ।

उनी आतंकवादीको ‘ए’ सूचीमा परेका थिए। यो सफलता १७ राष्ट्रिय राइफल्स र जम्मू कश्मीर पुलिसको संयुक्त अभियानबाट प्राप्त भएको हो। हिजबुल मुजाहिद्दीनले किश्तवाड क्षेत्रमा नयाँ भर्ती गरेर आफ्नो कार्यकर्तालाई पुनर्गठन र बलियो बनाउन थालेको थियो।

डीजीपी दिलबाग सिंहले बताएअनुसार तालिब किश्तवाडमा लामो समयदेखि सक्रिय थिए। उनी अहिले बैंगलोरमा लुकेर बस्दै आएका थिए। उनलाई पक्राउ गर्नु ठूलो सफलता भएको प्रहरीले बताएको छ।

विगतमा भएका लक्षित हत्याका घटनाबारे सिंहले भने, ‘वातावरण शान्त हुँदै गएको छ, टारगेट किलिङमा संलग्नको पहिचान भइसकेको छ। ती आतङ्ककारी मोडलहरूमाथि कारबाही भइरहेको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved