रूस-यूक्रेन युद्धका १०१ दिन : अहिलेसम्म के के भयो ?

यस अवधिमा रूसले यूक्रेनको २० प्रतिशत भूभाग ओगटेको छ, रूसी सेनाले यूक्रेनको २४ हजार किलोमिटर सडक र ३ सय पुल ध्वस्त पारेको छ।

नेपालभ्युज

रूस-यूक्रेन युद्धका १०१ दिन : अहिलेसम्म के के भयो ?

एजेन्सी। यूक्रेन र रूसबीच युद्ध शुरु भएको आज १०१ दिन पूरा भएको छ।

यस अवधिमा रूसले यूक्रेनको २० प्रतिशत भूभाग ओगटेको छ, रूसी सेनाले यूक्रेनको २४ हजार किलोमिटर सडक र ३ सय पुल ध्वस्त पारेको छ।

कीभ स्कूल अफ इकोनोमिक्स (केएसई) को एनालिटिक्स डिभिजनको रिपोर्टअनुसार यूक्रेनी अर्थतन्त्रले युद्धमा अहिलेसम्म १०५.५ मिलियन डलर (नेपाली करीब १ हजार ३१२ करोड रुपैयाँ) गुमाएको छ। रिपोर्टका अनुसार गत साता मात्रै अर्थतन्त्रलाई ८ अर्ब डलर (करीब एक लाख रुपैयाँ) भन्दा बढीको नोक्सान भएको छ।

अफ्रिकी संघका प्रमुख र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता भएको छ। अफ्रिकालाई खाद्य संकट रहेको र रूसलाई हतियार सहयोग चाहिएकाले यी दुई देशबीचको भेटलाई एकअर्काको पूरकका रूपमा रहेका छन्।

अफ्रिकामा पहिले नै खडेरी र आन्तरिक हिंसाको कारण खाद्य संकट थियो। युद्धका कारण अफ्रिकामा खाद्यान्न संकट बढ्दै गएको देखिन्छ। यस्तो अवस्थामा अफ्रिकाले रूसबाट धेरै आशा राखेको छ। अफ्रिकाका धेरै देशहरू गहुँ, मकै, खाद्य तेल जस्ता मुख्य खाद्यान्नका लागि यूक्रेन र रसियामा निर्भर थिए।

यूक्रेनले रूसी सेनाको कब्जाबाट फिर्ता लिएका क्षेत्रका मानिसहरू घर फर्किरहेका छन्। कीभबाट करीब ५८ किलोमिटर उत्तरपश्चिममा पर्ने कुखरी गाउँमा बिजुली, पानीजस्ता आधारभूत सुविधा पुर्नस्थापनाको काम शुरु भएको छ।

शुक्रबार, एक पावर कर्मचारीले मिसाइल आक्रमणमा ध्वस्त भएको बिजुलीको पोल फिर्ता राखे। यस क्रममा केही मानिसहरू आफ्नो घरको फोहोर सफा गर्दै देखिएका थिए। यद्यपि, साना सहरका मानिसहरूले ढिलाइमा मद्दत प्राप्त गरिरहेका छन्।

जर्मन सांसदहरूले शुक्रबार १०० अर्ब युरो (करीब एक लाख ३३ हजार करोड रुपैयाँ)को प्रस्तावलाई अनुमोदन गरेका छन्। यसको उद्देश्य सेनालाई प्राविधिक हतियारले सुसज्जित गर्नु हो। यो प्रस्तावको पक्षमा ९० प्रतिशत मत परेको थियो।

शुक्रबार यूक्रेनमा समाचार एजेन्सी रोयटर्सका पत्रकारको गाडीमा आगजनी भएको थियो। जसका कारण दुई पत्रकार घाइते भएका छन् भने एक चालकको मृत्यु भएको छ। रोयटर्सले रिपोर्ट गरेको छ कि पत्रकारहरू पूर्वी यूक्रेनी सहर स्यारोडोनेत्स्कमा रूस-यूक्रेन युद्ध कभर गर्न जाँदै थिए, जुन रूसी सेनाले निशाना बनाएको छ।

यूक्रेनका राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले रूस र यूक्रेनबीचको युद्धमा हरेक दिन १०० सैनिकको मृत्यु भइरहेको बताएका छन्। एकै समयमा दैनिक ४०० देखि ५०० सैनिक गम्भीर घाइते भइरहेका छन्। रूसी आक्रमणले यूक्रेनबाट ट।ड मिलियन मानिसहरूलाई पलायन गर्न बाध्य पारेको छ, जुन यसको जनसंख्याको लगभग १५ प्रतिशत छ।

प्रत्येक ६ यूक्रेनीमा एक जनालाई देश छोड्न बाध्य पारिएको थियो। यूएनएचआरसीको प्रतिवेदनअनुसार यी ६.८ मिलियन मानिसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुगेका छन्, जसका कारण त्यहाँको जनसङ्ख्या १० प्रतिशतले बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved