पाकिस्तानी तालिबानद्वारा अनिश्चितकालीन युद्धविरामको घोषणा

पाकिस्तानको तालिबान समूहले  सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ।

नेपालभ्युज

पाकिस्तानी तालिबानद्वारा अनिश्चितकालीन युद्धविरामको घोषणा

काठमाडौं। पाकिस्तानको तालिबान समूहले  सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ।

दी पाकिस्तानी तालिबान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ।

अफगानिस्तानको तालिबान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो।

पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ। टीटीपीले पाकिस्तानको सशस्त्र फौजसँग वर्षौंदेखि लडिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved