…जो प्रेमी भेट्न बंगलादेशबाट नदीमा पौडिएर भारत पुगिन्

यतिबिघ्न संघर्षपछि प्रेमीलाई भेटेकी कृष्णका लागि यात्राको अन्त्य भने सुखद रहेन। उनलाई प्रहरीले अवैध रूपमा देशमा प्रवेश गरेको आरोपमा पक्राउ गर्‍यो र बंगलादेशको उच्च आयोगलाई सुम्पिदियो। 

नेपालभ्युज

…जो प्रेमी भेट्न बंगलादेशबाट नदीमा पौडिएर भारत पुगिन्

न उम्र की सीमा हो
न जन्म का हो बंधन
जब प्यार करे कोई
तो देखे केवल मन

इन्दीवरको यस शब्दलाई जगजीत सिंहले गुन्गुनाए जस्तो प्रेममा न कुनै सीमा हुन्छ, न विधि कानून, न वैध अवैध। यस्तै एक प्रेम कहानी हालै बाहिर आएको छ। त्यो हो, आफ्नो भारतीय प्रेमीलाई भेट्न बंगलादेशकी एक युवतीले गरेको संघर्षको कथा।

युवतीले आफ्नो प्रेमीलाई भेट्न चालेको उक्त कदम यतिबेला चर्चामा छ। रिपोर्टका अनुसार २२ वर्षीया बंगाली युवतीले भारतमा बस्ने आफ्नो प्रेमीलाई भेट्न कानूनी रूपमा अवैध मानिएको सीमा पार गरेर भारत पुगिन्। सबैलाई थाहा भएकै कुरा हो, सुन्दरवनको घना जङ्गलमा रोयल बेङ्गाल टाइगर र घडियाल जस्ता जनावरहरूको खतरा हुन्छ। तर ती युवतीले साहसका साथ उनले एक्लै सुन्दरवनको जंगल छिचोलिन्। त्यति तमात्रै होइन्, नदी पनि पार गरिन्। भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ती युवती हुन् – कृष्ण मण्डल।

उनी भारतीय नागरिक अभिक मण्डलसँग फेसबुमा साथी भइन्। यहीँबाट शुरु भयो उनको प्रेम कहानी। प्रेम गहिरिँदै गयो। एकअर्कासँग सँगै जिउने सँगै मर्ने बाचा कसमहरू खाए दुवैले। सँगै जिन्दगीको लामो यात्रामा निस्किने किरिया खाए। तर, उनीहरूको प्रेमको बीच एक पर्खाल थियो जसले उक्त प्रेमलाई दिशा दिनबाट रोक्थ्यो-भूगोलको पर्खाल।

कृष्ण चाहन्थिन अभिकको हातको स्पर्ष महशुस गर्न, उनीसँगै पैतालामा पैताला मिलाएर हिँड्न। तर उनीसँग राहदानी थिएन। त्यसपछि उनले कठोर यात्रा तय गर्ने निर्णय गरिन्– जंगल छिचोल्दै, नदीमा पौडिँदै अवैध मार्गबाट भारत छिर्ने। अनि उनले यात्रा तय गरिन्।

प्रहरीका अनुसार कृष्णले पहिले रोयल बेङ्गाल टाइगरका लागि प्रसिद्ध सुन्दरवनको बाटो हिँडिन्। त्यसपछि उनले १ घण्टा नदीमा पौडी खेलेर भारत प्रवेश गरिन्।

उनले अभिकलाई भेटिन्, आफ्नो प्रेमीलाई भेटिन्। भेटपछि कोलकाताको एक मन्दिरमा दुवै जनाले विवाह गरे।

तर यतिबिघ्न संघर्षपछि प्रेमीलाई भेटेकी कृष्णका लागि यात्राको अन्त्य भने सुखद रहेन। उनलाई प्रहरीले अवैध रूपमा देशमा प्रवेश गरेको आरोपमा पक्राउ गर्‍यो र बंगलादेशको उच्च आयोगलाई सुम्पिदियो।

-एजेन्सीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved