‘जीसेभेन र जीट्वान्टीका नेता पनि काप्दा हुन् नेपालको बजेट सुनेर’ (भिडिओ)

नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले नेपालको चमत्कारी बजेट सुनेर जीसेभेन र जीट्वान्टीका नेताहरु पनि थरथर काप्ने भन्दै व्यंग्य गरेका छन्।

नेपालभ्युज

‘जीसेभेन र जीट्वान्टीका नेता पनि काप्दा हुन् नेपालको बजेट सुनेर’ (भिडिओ)
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले नेपालको चमत्कारी बजेट सुनेर जीसेभेन र जीट्वान्टीका नेताहरु पनि थरथर काप्ने भन्दै व्यंग्य गरेका छन्।

बिहीबारको प्रतिनिधिसभामा बजेट छलफलमा भाग लिँदै नेता बाँस्कोटाले बजेट सुन्दा कर्णप्रिय भएपनि समस्या निराकरणतर्फ उन्मुख नभएकाे बताए।

संसदमा उनले भने, ‘‘एक लाख उद्योग स्थापना गर्ने कुरा छ। राम्रो कुरा हो। सायद मलाई लाग्छ जीसेभन र जीट्वान्टीका नेताहरु पनि थरथर काप्दा हुन् नेपालको यो खालको चमत्कारी बजेट सुनेर। औद्योगिकरणको कुरा सुनेर।’’

उनले २५ वर्षको कल्पना गरेर पाँच महीनाको अवधि भएको सरकारले ल्याएको बजेट कसरी कार्यान्वयन हुन सक्छ ? भन्दै प्रश्न गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved