काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइ गर्न काठमाडौंका सीडीओले निर्देशन दिएका छन्।
नायिका मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामालाई प्रहरीले पक्राउ गरेपछ। काठमाडौंको चाबहिलस्थित केएल टावर अगाडि विरोध प्रदर्शन भएको थियो।
काठमाडौंमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उनलाई रिहा गर्न आदेश दिएका हुन्।
आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए। प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सीडीयो कार्यालयमा उपस्थित गराएको थियो। तर आज मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन्।
नायिका मगरविरुद्ध फुर्वा लामा पक्षधरहरूले केएल टावरअगाडि नारा, जुलुस र घेराउ गरेका थिए। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्म्मेहम्मे परेको थियो।
Facebook Comment
Comment