श्रीमानले मलद्वारमा लौरो घुसाएर गम्भीर घाइते भएकी माझीको उपचारका क्रममा निधन

आफ्नै श्रीमानबाट मलद्वारबाट लौरो घुसाएर गम्भीर घाइते बनाइएकी गीता माझीको गएराति निधन भएको हो।

नेपालभ्युज

श्रीमानले मलद्वारमा लौरो घुसाएर गम्भीर घाइते भएकी माझीको उपचारका क्रममा निधन
सांकेतिक तस्वीर।

काठमाडौं। श्रीमानको क्रुर यातना पीडित महिलाको निधन भएको छ। आफ्नै श्रीमानबाट मलद्वारबाट लौरो घुसाएर गम्भीर घाइते बनाइएकी गीता माझीको गएराति निधन भएको हो।

माझीको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताललले जनाएको छ। मलद्वारबाट लौरो घुसाएको कारण उनको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको अस्पतालले जनाएको छ।

चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार घर भएकी ज्याला मजदुरीको काम गर्ने ३८ वर्षीया माझीलाई स्थानीयका अनुसार उनका श्रीमान रामचन्द्र माझीले पटक पटक कुटपिट गर्दै आएका थिए।

गत बिहीबार श्रीमानको आक्रमणमा परेर घाइते भएकी माझीको हिजो सोमबार भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको थियो । हिजै राति ११ बजे उनको निधन भएको हो।

सुकुम्बासी माझीको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन इकाई (ओसीएमसी) बाट निशुल्क उपचार हुँदै आएको थियो । उनका ३ छोरी छन् । एक छोरीको विवाह भइसकेको छ भने दुई जना नाबालक छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved