निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सर्वोच्च अदालतले रोक्न आदेश दिएको बाराको निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

नेपालभ्युज

निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सर्वोच्च अदालतले रोक्न आदेश दिएको बाराको निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

सोमबार बसेको समितिको बैठकले कानूनी बाधा हटाएर निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

समितिको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढमामा विमानस्थल निर्माण रोक्ने सर्वोच्चको आदेश विकासको बाधक भएको बताए। निजगढ विमानस्थलको अर्को कुनै विकल्प नभएको उनको भनाइ छ।

यस्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वदलीय सहमति गरेर फास्ट ट्र्याकमा विमानस्थल निर्माण गर्नुपर्ने बताए। विमानस्थलको निर्माणका लागि धेरै खर्च भइसकेको उल्लेख गर्दै उनले निर्माण रोके देशलाई क्षति हुने बताएका हुन्।

सर्वोच्चले १२ जेठमा बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण नगर्न आदेश दिएको थियो।

सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढ विमानस्थल बनाउने सरकारको निर्णय बदर गरी निजगढको विकल्प खोज्न आदेश दिएको हो।

सरकारले भने आर्थिक वर्ष २०७९ ८० को नीति तथा कार्यक्रममा उक्त विमानस्थल निर्माणका लागि समेत बजेट छुट्याएको छ। सर्वोच्चले विमानस्थल निर्माणको काम रोक्न आदेश दिए पनि सरकारले लगानी बोर्डमार्फत निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved