काठमाडौं। पञ्जाबी गायक एवं कांग्रेस नेता सिद्धु मूसेवालाको गोली हानी हत्या गरिएको छ। मानसाको गाउँ जवाहरको मन्दिर नजिकै उनलाई १० पटक गोली हानी हत्या गरिएको जनाइएको छ।
गोलीलागेर उनका दुई साथी घाइते भएका छन्।
२८ मे (हिजो) मात्र ‘आम आदमी पार्टी’का भगवंत मान नेतृत्वको प्रान्तिय सरकारले ४२४ जना भीआईपीको सुरक्षा घटाएको थियो। तीमध्ये एक मूसेवाला पनि थिए। उनलाई दिइएको ८ देखि १० जना बन्दुकधारी सुरक्षा घटाएर दुईजनामा झारिएको थियो।
मूसेवाला साथीहरूसँग गाडीमा गइरहेका थिए। त्यसै क्रममा कालो गाडीमा आएका आक्रमणकारीले गोली प्रहार गरेका थिए।
पछिल्लो पञ्जाब विधान सभा निर्वाचनमा मूसेवाला मानसामा कांग्रेसको तर्फबाट चुनाव लडेका थिए। उनी आम आदमी पार्टी डा विजय सिंगलासँग पराजित भएका थिए। उनलाई राउने सिंगलालाई मन्त्री बनाइएको थियो तर भ्रष्टाचारको आरोपमा उनलाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए।
Facebook Comment
Comment