काठमाडौं। चितवनको शक्तिखोरलगायत सम्भावित क्षेत्रमा सरकारी निजी साझेदारीमा उद्योगीक क्षेत्रको स्थापना गर्ने सरकारले निर्णय गरेको छ।
बजेट भाषणाका क्रममा अर्थमन्त्री जनार्दन शर्माले चितवनलगायत अन्य सम्भावित स्थानमा उद्योगिक क्षेत्रको विकास गर्ने बताएका हुन्।
नेपाल सरकारले घोषणा गरेका १ सय ५ औद्योगिक ग्रामको विकास तीन तहको सरकारको संलग्नतामा गरिने अर्थमन्त्री शर्माले बताए। यस्तै चीनसँग भएको पारवाहन सन्धिबाट नेपाललाई उपलब्ध हुने बताइएको नाको उच्चतम प्रयोग गर्ने निर्णय पनि सरकारले बजेट मार्फत सार्वजनिक गरेको छ।
नेपालको औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि मासिक १० करोड बराबरको विद्युत खपत गर्ने कम्पनीलाई २ देखि १५ प्रतिशत विद्युतमा छुट दिने निर्णय पनि सरकारले गरेको छ।
नेपालमा धेरै वैदेशिक लगानी भित्राउन मानिसलाई सरकारले सम्मान गर्ने निर्णय गरेको छ।
Facebook Comment
Comment