नेपालीकाे प्रतिव्यक्ति आय १३ सय ८१ अमेरिकी डलर

नेपालीहरुको प्रतिव्यक्ति आयमा वृद्धि भएको छ।

नेपालभ्युज

नेपालीकाे प्रतिव्यक्ति आय १३ सय ८१ अमेरिकी डलर

काठमाडौं। नेपालीहरुको प्रतिव्यक्ति आयमा वृद्धि भएको छ।

प्रतिव्यक्ति आय बढेर १३ सय ८१ अमेरिकी डलर पुगेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। 

आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले वस्तु आयातको तुलनामा निर्यात कम रहेका कारण अर्थतन्त्रमा त्यसले नकारात्मक प्रभाव पारेको उनले बताए। यो आर्थिक वर्षमा ११ अर्ब ५२ अर्ब राजश्व संकलन हुने शर्माको दाबी छ।

स्थिरता, उत्पादन वृद्धिलाई यो वर्षको बजेटले मुख्य उद्देश्य बनाएको छ। वित्तीय अनुशासन कायम गर्ने र मुद्रास्फितिलाई सन्तुलित बनाउने उनले बताए। कृषि क्षेत्रको रुपमान्तरणलाई यो वर्षको बजेटले आफ्नो प्राथमिकतामा राखेको छ। ग्रामीण विकासलाई पनि बजेटले आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ। यस्तै वैज्ञानिक अनुसन्धान र विकासका लागि पनि बजेटले आफ्नो प्राथमिकतामा राखेको छ।

आधारभुत कृषि उत्पादनलाई बढाउँदै धान, मैकै लगायतका खाद्यान्न समाग्री ३० प्रतिशतले निर्यात घटाउने अर्थमन्त्री शर्माले बताए। यस्तै ८ लाख मानिसलाई गरीबीको रेखाबाट बाहिर ल्याउने लक्ष्य बजेटले लिएको उनले बताए।

सरकारले प्रदेश तथा स्थानीय तहलाई पूर्वाधार विकासका लागि ६ अर्ब बजेट विनियोजन गरेकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved