गणतन्त्र दिवसका अवसरमा कार्यक्रम 

सरकारले १५औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि उच्च पदस्थ व्यक्तिहरू सहभागी छन्।

नेपालभ्युज

गणतन्त्र दिवसका अवसरमा कार्यक्रम 

काठमाडौं। सरकारले १५औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि उच्च पदस्थ व्यक्तिहरू सहभागी छन्।

गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की सहभागी छन्।  प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति छ।

नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टिसहित शुरु भएको कार्यक्रम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved