निजगढ विमानस्थल निर्माण रोक्ने फैसला अनौठो र दुखद् : प्रचण्ड

नेपालभ्युज

निजगढ विमानस्थल निर्माण रोक्ने फैसला अनौठो र दुखद् : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल निर्माण रोक्ने सर्वोच्चको फैसला अनौठो र दुखद् भएको बताएका छन्। संसद्‌मा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले आकस्मिक रूपमा विमानस्थल निर्माण रोक्न फैसला आएको भन्दै फैसला पुनरावलोकन गर्नुपर्ने बताए।

‘‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन कयौँ वर्षदेखि मेहनत गर्यौं, अर्बौँ खर्च भयो, अहिले बडो आकस्मिक लाग्ने गरी सर्वोच्चबाट त्यहाँ गर्नहुँदैन भन्ने फैसला आयो यो बडो अनौठो पनि र दुखद पनि लाग्यो,’’ उनले भने।

जंगल नै नभएको ठाउँमा जंगल भएको दावी गरिएपछि सोही आधारमा सर्वोच्चले फैसला गरेको भन्दै उनले पर्यावरण अध्ययन गरेर फैसला पुनरावलोकन गर्नुपर्ने सुझाव दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved