आईसीसी यू-१९ महिला विश्वकप छनोट : नेपालको पहिलो खेल कतारसँग

छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्।

नेपालभ्युज

आईसीसी यू-१९ महिला विश्वकप छनोट : नेपालको पहिलो खेल कतारसँग

काठमाडौं। नेपालले कतारसँग खेल्दै आईसीसी यू–१९ महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगिता शुरु गर्ने भएको छ।

एसिया छनोटको खेल तालिका सावर्जनिक भएसँगै नेपालले कतारसँग खेलेर प्रतियोगिता शुरु गर्ने पक्का भएको हो।

मलेसियामा हुने छनोटको खेल तालिकाअनुसार नेपालको पहिलो प्रतिद्वन्दी कतार परेको हो। ३ जुनमा नेपालले कतारसँग खेल्दै प्रतियोगिता शुरु गर्नेछ।

छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्।

नेपालले दोस्रो खेलमा यूएईविरुद्ध ४ जुनमा खेल्नेछ। ६ जसनमा भुटानविरुद्ध तथा ७ जुनमा थाइल्याण्ड र ९ जुनमा मलेसियाविरुद्ध खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved