बेंग्लोरका ब्याटरको चलेन जादू, मध्यम लक्ष्य प्रस्तुत

नेपाल भ्युज

बेंग्लोरका ब्याटरको चलेन जादू, मध्यम लक्ष्य प्रस्तुत

काठमाडौं । जारी आईपीएलको अन्तिम क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले राजस्थान रोयल्सामु मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर नरेन्द्र मोदी स्टेडियम अहमदावादमा ब्याटिङमा उत्रिएको बेंग्लोरका ब्याटरहरूको जादु चल्न सकेन। पूरा ओभरमा ८ विकेट गुमाउँदै बेंग्लोरले १५७ रन बनाउन सक्यो। उसका लागि अघिल्लो खेलमा शतक प्रहार गरेका रजत पाटीदारले सर्वाधिक ५८ रन बनाउन सके। यसक्रममा उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

विराट कोहलीलाई शुरुआतमै गुमाए पनि बेंग्लोरका लागि कप्तान फाप डु प्लेसिसले २५ रन र ग्लेन म्याक्सवेलले २४ रन बनाउन सके। अर्का ब्याटर दिनेश कार्तिक मात्र ६ रनमा आउट भएपछि बेंग्लोरको विकेट लगातार झर्‍यो।

राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड मकोले समान ३/३ विकेट लिए।

जारी क्वालिफायरको विजेताले फाइनलमा गुजरात टाइटनसँग फाइनल खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved