काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एशियामा देखिएका रोग, बेरोजगारीजस्ता साझा चुनौती सामना गर्न सामूहिक एकता आवश्यक पर्ने बताएकी छन्।
शुक्रबार काठमाडौंमा नाक, कान, घाटी रोगका विषेशज्ञहरूको दक्षिण एशियाली क्षेत्रीय सम्मेलनमा उनले दक्षिय एशियामा देखिएको साझा चुनौतीलाई सामान गर्न जनस्तरबाटै सहयोग पारस्पारिक भावना र सामूहिकत्व आवश्यक पर्ने बताइन्।
उनले नेपालमा नाक, कान, घाटी रोग विशेष उपचार ग्रामीण तहसम्म पुराउनुपर्ने ठूलो चुनौती रहेको धारणा राखिन्।
हरेक नागरिक समक्ष विशेषज्ञ सेवा पुराउने राज्यको लक्ष्य हुनुपर्ने भन्दै उनले यसका लागि सरकारले आवश्यक समन्वय गर्नुपर्ने उल्लेख गरिन्। सम्मेलनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सदस्य राष्ट्रहरूमाबीचमा जनस्तर र विज्ञसमुदायबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न मद्दत पुग्ने उनको विश्वास छ।
त्यस्तै उनले नाक, कान र घाँटीको निदान एवं उपचारमा विकास भएका उत्तम प्रविधिबारे एकआपसमा सहकार्य हुनुपर्ने पनि बताइन्।
Facebook Comment
Comment