बैतडीमा विद्युतीय राहदानी सेवा शुरु

ई–पासपोर्ट सेवा जिल्लामै शुरु भएपछि धेरै समय पर्खिनुपर्ने र राहदानी बनाउन काठमाडौं जानुपर्ने यहाँका नागरिकको बाध्यता हटेको हो।

नेपालभ्युज

बैतडीमा विद्युतीय राहदानी सेवा शुरु

बैतडी। जिल्ला प्रशासन कार्यालयले पहिलोपटक विद्युतीय राहदानी ई–पासपोर्ट सेवा शुरु गरेको छ।

एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी शुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

ई–पासपोर्ट सेवा जिल्लामै शुरु भएपछि धेरै समय पर्खिनुपर्ने र राहदानी बनाउन काठमाडौं जानुपर्ने यहाँका नागरिकको बाध्यता हटेको हो।

अब वैदेशिक रोजगारिमा जानेले जिल्ला प्रशासन कार्यालयमा तीन हप्ताभित्र राहदानी पाउने र विद्युतीय राहदानी ई–पासपोर्ट बनाउनेले पाँच हजार रुपैयाँ शुल्क तिर्नुेपर्नेछ।

यस्तै, विद्युतीय राहदानी ई–पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने जनाइएको छ। राहदानी बनाउन तीन महिना लाग्ने गरेकामा अब भने तीन हप्तामै जिल्लामा राहदानी आइपुग्ने भएको हो।

यहाँबाट काठमाडौँ गएर राहदानी बनाउनुपर्दा जिल्लाबासीलाई निकै अप्ठ्यारो र सारै खर्चिलो हुने गरेकामा अब राहत मिलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यहाँ गत २ मंसीरदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved