बढ्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीकाे मूल्य बढेकाे छ।

नेपालभ्युज

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो दिन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको उक्त सुन आज प्रतितोला दुईसय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँचसय छ। उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार तीनसय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर एक हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५३ डलर आसपास कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved