तिलोत्तमाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन्। एमालेका मोहन चापागाईँलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन्।

नेपालभ्युज

तिलोत्तमाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन्। एमालेका मोहन चापागाईँलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन्।

खाँणले २४ हजार ३९६ मत पाएर निर्वाचित हुँदा चापागाईँले २३ हजार ६३१ मत पाए।

मेयरमा निर्वाचित खाँण २०७४ को चुनावमा एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए। अघिल्लो चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीसँग गठबन्धन गरेको काँग्रेसले यसपटक माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो।

उपमेयरमा भने एमालेकी जगेश्वरी चौधरी निर्वाचित भएकी छन्। चौधरीले माओवादी केन्द्रका हेमन्त पाण्डेलाई दोब्बर मतान्तरले पराजित गरेकी हुन्।

चौधरीले २३ हजार ८६ मत पाएर निर्वाचित हुँदा पाण्डेले ११ हजार ५४६ मत पाए।
१७ वटा वडा रहेको तिलोत्तमामा काँग्रेसले ९ र नेकपा एमालेले ८ वटा वडा जितेको छ।
रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ पनि हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved