काठमाडौँमा बालेन, सिर्जना र स्थापित बाहेक अन्य सबैको जमानत जफत

काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचनमा निर्वाचित बालेन साह, र उम्मेदवरहरू सिर्जना सिंह र केशव स्थापितबाहेक अन्य सबैको जमानत जफत भएको छ।

नेपालभ्युज

काठमाडौँमा बालेन, सिर्जना र स्थापित बाहेक अन्य सबैको जमानत जफत

काठमाडौं। काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचनमा निर्वाचित बालेन साह, र उम्मेदवरहरू सिर्जना सिंह र केशव स्थापितबाहेक अन्य सबैको जमानत जफत भएको छ।

मेयरतर्फको उम्मेदवारी दिएका तीन जनाबाहेक अरू सबैको जमानत जफत भएको हो।

उपमेयरमा पनि पनि तीन जना मात्र जमानत जोगाउन सफल भए। निर्वाचन आयोगका अनुसार मेयर पदमा खसेको सदर मत १ लाख ५९ हजार ९ सय ६ हो।

कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ।

काठमाडौं महानगरका कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार ९ सय ६२ मत खसेका थिए। तीमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भए। मेयर पदका ५५ उम्मेदवारमध्ये एक जनालाई शून्य मत आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved