केदारनाथ तीर्थयात्रामा गएका ३८ जनाको मृत्यु

उत्तराखण्डको केदारनाथसहित यमुनोत्री, बद्रीनाथ र गंगोत्रीमा चारधामको यात्रामा गएका ६९ तीर्थयात्रीको मृत्यु भएको छ।

नेपाल भ्युज

केदारनाथ तीर्थयात्रामा गएका ३८ जनाको मृत्यु

एजेन्सी। भारतको उत्तराखण्डको केदारनाथ पुग्ने तीर्थयात्रीहरुको मृत्यु हुनेको संख्या ३८ पुगेको छ। हिजो (२५ मे) मा थप ४ जनाको मृत्यु भएसँगै केदारनाथको  तीर्थयात्रामा मृत्यु भएको हो। २० दिनमा ३८ जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ।

रूद्रप्रयागका प्रमुख मेडिकल अफिसर बीके शुक्लाले ६ मेमा केदारनाथको उद्घाटन गरेयता ३८ जना तीर्थयात्रीको हृदयघात र अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको छ। महामारीपछि खुला गरिएको चारधाममा २० दिनको अन्तरालमा ९ लाख मानिसले यात्रा गरेका थिए।

२०१९ मा केदारनाथ दर्शन गर्न गएका ३८ लाख तीर्थयात्री मध्ये ९० जनाको मृत्यु भएको थियो भने २०१७ मा ११२ र २०१८ मा १०२ जना तीर्थयात्रीको मृत्यु भएको थियो।

त्यस्तै उत्तराखण्डको केदारनाथसहित यमुनोत्री, बद्रीनाथ र गंगोत्रीमा चारधामको यात्रामा गएका ६९ तीर्थयात्रीको मृत्यु भएको छ। उच्च रक्तचाप, हृदयघात र लेक लागेका कारण तीर्थयात्रीको मृत्यु भएको एक अधिकारीले बताएका छन्। कोभिडको महामारीका कारण दुई वर्षको अन्तरालपछि तीर्थयात्रीको लागि केदारनाथ खुला गरिएको थियो।

यसवर्ष पनि वर्ष र बेमौसमी हिमपातले तीर्थयात्रीहरु मात्रै नभई त्यहाँका कर्मचारीलाई पनि समस्या थपिएको छ। खराब मौसमका कारण २० दिनमा २ पटक केदारनाथ यात्रा बन्द भएको थियो।

केदारनाथको शिव मन्दिर समुन्द्र सतहबाट करीब ११ हजार ७०० फिटको उचाइमा छ भने बद्रीनाथ, यमुनोत्री १० हजार ८०० फिटमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved