कामपा–१५ मा नेकपा एसले खोल्यो खाता, १६ मा कांग्रेस विजयी

काठमाडौँ महानगरपालिका–१५ नेकपा (एकीकृत समाजवादी) र वडा १६ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ।

नेपालभ्युज

कामपा–१५ मा नेकपा एसले खोल्यो खाता, १६ मा कांग्रेस विजयी

काठमाडौं। काठमाडौँ महानगरपालिका–१५ नेकपा (एकीकृत समाजवादी) ले खाता खोलेको छ।

नेपाली कांग्रेसका उम्मेदवार जीवन डंगोललाई पराजित गर्दै वडाध्यक्षमा नेकपा एसका ईश्वरमान डंगोल दोस्रो कार्यकालका लागि दोहोरिएका छन्। उनले तीन हजार ४७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डंगोलले एक हजार ५७२ मत ल्याए।

चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन्। वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी भएका हुन्।

वडा १६ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसका मुकुन्द रिजाल चार हजार १९ मत ल्याएर दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन्। रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापति समेत हुन्।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मी तुलाधरले तीन हजार ३१० मत प्राप्त गरे। यस्तै चार सदस्यमा भने नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। उक्त वडामा १२ हजार ३०८ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved