भ्रष्टाचार प्रमाणित गर्न चुनौती दिँदै ओलीले भने – मैले केका लागि भ्रष्टाचार गर्नुपर्ने ?

नेपालभ्युज

भ्रष्टाचार प्रमाणित गर्न चुनौती दिँदै ओलीले भने – मैले केका लागि भ्रष्टाचार गर्नुपर्ने ?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले आफूसँग २ खर्ब रूपैयाँ छ भनेर जबर्जस्ती लाञ्छना लगाइएको भन्दै आपत्ति जनाए।

उनले रिजर्भ बैंकमा आफ्नो नाममा कम्तीमा २२ देखि ४० अर्ब नगद छ भनेर लाञ्छना लगाइएकोमा रिजर्भ बैंकमा पैसा भए आरोप लगाउनेकै नाममा गरिदिने बताए।  ‘‘म चुनौती दिएर भन्न सक्छु। ममाथि पनि थुप्रै लान्छना छन्। लाञ्छना लगाइएका छन् जबर्जस्ती। ओलीसँग दुई खर्ब छ भने एक तथाकथित विद्वान्‌ले २ खर्ब रुपैयाँ छ भन्ने सुनिन्छ भनेर के हो सोधे एक टेलिभिजन अन्तर्वर्तामा,” उनले भने, ‘‘त्यति त होइन। २२ देखि ४० अर्ब नगद नै छ भने। पत्रकारले सोधेको जवाफमा रिजर्भ बैंकमा  छ भनेर, रिजर्भ बैंकमा जति मेरो पैसा छ सबै तिनैको नाममा सार्दियोस्।”

उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा भएको सबै सम्पत्ति राज्यको नाममा गरिदिएकाले आफूमाथि आरोप लगाउनपूर्व आफ्नो सम्पत्ति राज्यको नाममा गर्ने घोषणा गर्ने चुनौती दिए। उनले भने ‘‘मैले सम्पूर्ण चलअचल सम्पत्ति राज्यको नाममा गरिदिएको छु। आफ्नो सम्पत्ति राज्यका नाममा सम्पत्ति ल्याइदिनका लागि भ्रष्टाचार गर्नुपर्ने ? मैले केका लागि भ्रष्टाचार गर्नुपर्ने ?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved