तिलोत्तमाको मेयरमा कांग्रेसका खाँणको अग्रता कायमै

नेपालभ्युज

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँणको अग्रता कायमै

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँणको अग्रता कायमै छ। उपमेयरमा एमालेकी चौधरीको जित निश्चित भएको छ। रुपन्देहीको १६ पालिकामध्ये १५ वटाको नतिजा आइसक्दा तिलोत्तमा नगरपालिकाको मात्र नतिजा आउन बाँकी छ।

गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको गृहनगर तथा एमालेकै उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमाको नेतृत्व कसले जित्ला भन्नेमा धेरैको चासो छ।

१७ वटा वडा रहेको तिलोत्तमामा ५२५१ मत गन्न बाँकी हुँदा नेपाली कांग्रेसका रामकृष्ण खाँण निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन चापागाईँ भन्दा ८ सय ७ मतले अगाडि छन्। खाँण कांग्रेस रुपन्देहीका सभापति एवम् गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन्।

हालसम्म ५९ हजार ४८५ मत गणना हुँदा खाँणले २२ हजार ४५४ मत पाएका छन्। उपमेयरमा भने एमालेकी जगेश्वरी चौधरीको जित पक्का भइसकेको छ। चौधरीले २१ हजार २१८ मत पाउँदा माओवादी केन्द्रका हेमन्त पाण्डेले १० हजार ५५४ मत मात्रै पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved