काठमाडौं १३ मा एमाले विजयी

काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। महानगरको वडा नम्बर १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन् ।

नेपालभ्युज

काठमाडौं १३ मा एमाले  विजयी

काठमाडौं। काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। महानगरको वडा नम्बर १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन् ।

वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मत ल्याएर विजयी भए। वडा सदस्यमा पनि सबै एमालेका उम्मेदवार नै विजयी भए ।

यस्तै १७ नम्बर वडामा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन्। मानन्धरले २ हजार७०८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १ हजार ४३१ मत प्राप्त गरेका छन्। काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ।

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेन र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved