अब मत परिणाम आउन बाँकी पाँच पालिका मात्र

नेपालभ्युज

अब मत परिणाम आउन बाँकी पाँच पालिका मात्र

काठमाडौं। ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको मात्र अन्तिम परिणाम आउन छ। ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ।

मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, मधेश प्रदेशमा गरुडा नगरपालिका रहेको छ।

लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पनि नतिजा आउन बाँकी छ। सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved