ललितपुरका मेयर–उपमेयरद्वारा पदभार ग्रहण

ललितपुर महानगरपालिकाको नवनिर्वाचित मेयर चिरीबाबु महर्जन र उपमेयर मन्जली शाक्य बज्राचार्यले पदभार ग्रहण गरेका  छन्।

नेपालभ्युज

ललितपुरका मेयर–उपमेयरद्वारा पदभार ग्रहण

काठमाडौं। ललितपुर महानगरपालिकाको नवनिर्वाचित मेयर चिरीबाबु महर्जन र उपमेयर मन्जली शाक्य बज्राचार्यले पदभार ग्रहण गरेका  छन्। बुधबार दिउँसाे सपथ ग्रहणपछि महर्जन र शाक्यले महानगरकाे कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार महर्जनले मेयरमा दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुन्। ललितपुरमा ८६ हजार ५४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५६० मत पाए।

उपमेयरमा २५ हजार ८४ मत प्राप्त गरी नेकपा एमालेकी शाक्य निर्वाचित भएकी हुन्।

तस्वीरहरु:

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved