‘अभिन्न’को ट्रेलर सार्वजनिक

लैनसिंह बाङ्देलको उपन्यास ‘लङ्गडाको साथी’को कथामा बनेको फिल्मको निर्देशन प्रशान्त रसाइलीले गरेका हुन्। फिल्मको मुख्य भूमिकामा कर्मा रहेका छन्।

नेपालभ्युज

‘अभिन्न’को ट्रेलर सार्वजनिक

काठमाडौं। लैनसिंह बाङ्देललको उपन्यास ‘लङ्गडाको साथी’को कथामा बनेको फिल्म ‘अभिन्न’को ट्रेलर सार्वजनिक भएको छ। प्रशान्त रसाइलीको निर्देशनमा बनेको चलचित्रको मुख्य भूमिकामा कर्मा रहेका छन्।

सिनेमा हलमा भन्दा पनि फेस्टिभलमा पठाउने तयारीका साथ लकडाउनअघिदेखि फिल्मको छायांकन शुरु गरिएको थियो।

‘लङ्गडाको साथी’ बाङ्देलको लघु उपन्यास हो, जसमा दार्जलिङ्ग शहरको बजार बजार डुली हिँड्ने अपाङ्ग व्यक्तिले भोग्नु परेको कारूणिक जीवन कहानी र उसलाई सहयोग गर्ने ‘साथी’ कुकुरको चरित्रलाई विषयवस्तु बनाइ लेखिएको छ।

फिल्ममा रञ्जीत गजमेरले संगीत गरेका छन्।

ट्रेलर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved