काठमाडौं । इलामको सूर्योदय नगरपालिकाका मेयरले निर्वाचन जितेलगत्तै केन्द्र सरकारले दिएको साताको दुई दिन बिदा विद्यालयको हकमा लागू नगरिने निर्णय गरेका छन्।
सरकारले आइतबार पनि दिएको सार्वजनिक बिदा नवनिर्वाचित मेयर सूर्यप्रसाद पोखरेलले खारेज गरिदिएका छन्। हिजो निर्वाचनपछि बसेको नगर कार्यपालिकाको बैठकमा मेयर पोखरेलले यस्तो निर्णय गरेका हुन्।
सरकारले सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा पनि प्रकाशित गरिसके अवस्थामा सातामा ६ दिन नै पठपाठन हुनुपर्ने उनले निर्णय गराएका हुन्।

नेकपा एमालेबाट पुनः मेयरमा निर्वाचति पोखरेलले सत्ता गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार होम दुलाललाई पराजित गरेका हुन्। उपमेयरमा पनि एमालेबाटै पविमाया राई निर्वाचित भएकी छिन्। हुन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा समेत उनीहरू दुवै जना प्रमुख र उपप्रमुखमा निर्वाचित भएका थिए।
Facebook Comment
Comment