विद्यार्थीलाई ‘सेक्स पार्टनर’ बन्न प्रस्ताव गर्ने शिक्षक पक्राउ

विद्यार्थीलाई ‘सेक्स पार्टनरको’ प्रस्ताव गर्ने चाबहिलको सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ परेका छन्। कलेजका कोअर्डिनेटरसमेत रहेका सामाजिक विषयका शिक्षक जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको हो।

नेपालभ्युज

विद्यार्थीलाई ‘सेक्स पार्टनर’ बन्न प्रस्ताव गर्ने शिक्षक पक्राउ

काठमाडौं । विद्यार्थीलाई ‘सेक्स पार्टनरको’ प्रस्ताव गर्ने चाबहिलको सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ परेका छन्। कलेजका कोअर्डिनेटरसमेत रहेका सामाजिक विषयका शिक्षक जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको हो।

अधिकारीलाइ कारबाही गर्न माग गर्दै विद्यार्थी आन्दोलित भएपछि प्रहरीले पक्राउ गरेको हो।
मङ्गलवार छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो। लगतै शिक्षक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले भने, ‘‘पीडित विद्यार्थीले दिएको उजुरीका आधारमा शिक्षकलाई पक्राउ गरेका छौँ। अनुसन्धान भइरहेको छ।’’ पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रहरी वृत्त गौशालाबाहिर प्रदर्शन गरिरहेका छन्।

पक्राउ परेका शिक्षक अधिकारी नेकपा एमालेका नेता समेत हुन्। उनले गोकुल वास्कोटा संञ्चारमन्त्री हुँदा मिडिया विश्लेषकमा नियुक्त पाएका थिए। एमालेको काभ्रे जिल्ला समितिले उनलाई २०७४ मा प्रदेश सभा सदस्य उम्मेदवारमा सिफारिस गरेको थियो। तर, उनले टिकट पाएनन्।

छात्रालाई ‘सेक्स पार्टनर’को प्रस्ताव गर्ने शिक्षकलाई कलेजले बचाएपछि विद्यार्थीले घेरे प्रहरी चौकी

दुई साताअघि नै सार्वजनिक भएको घटनालाई कलेज प्रशासनले लुकाएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन्। दुई वर्षअघिदेखि नै केही विद्यार्थीले शिक्षक अधिकारीबाट दुर्व्यवहार भोगेको बताएका तर त्यसबेला कसैले नपत्याएको विद्यार्थीहरूले बताएका छन्।

तर, अहिले आफूहरुले नै भोगेपछि मात्र शिक्षकको कर्तुत खुलासा भएको छात्राहरू बताउँछन्। पछिल्लो दुई महीनायता कक्षा ११ मा अध्ययनरत चार जना छात्रालाई शिक्षक अधिकारीले ‘सेक्स पार्टनर’ बन्नका लागि प्रस्ताव गरेको विद्यार्थीले आरोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved