ललितपुरमा गठबन्धन: मेयरमा निकै अगाडि, उपमेयरमा धेरै पछाडि

नेपालभ्युज

ललितपुरमा गठबन्धन: मेयरमा निकै अगाडि, उपमेयरमा धेरै पछाडि

ललितपुर। ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारको अग्रता कायम रहेको छ। प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार महर्जनले ३९ हजार १३१ मत र उनका प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले २२ हजार ६२० मत पाएका छन्। उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले २२ हजार ३०९ मत र उनकी प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १५ हजार ६३६ मत पाएका छन्।

हालसम्म २२ वटा वडाको मतगणना सकिएको छ । हाल वडा नम्बरहरू २२, २४, २५ र २६ को गणना जारी रहेको छ । कुल २९ वटा वडा रहेको महानगरको अन्तिम परिणाम मङ्गलबारसम्म आउने अपेक्षा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved