पेट्रोलियम पदार्थको कर फिर्ता गरी मूल्यवृद्धि रोक्न माग

समाजवादी विद्यार्थी यूनियनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न माग गरेको छ।

नेपालभ्युज

पेट्रोलियम पदार्थको कर फिर्ता गरी मूल्यवृद्धि रोक्न माग
सांकेतिक तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी यूनियनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न माग गरेको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले मूल्यवृद्धिले जनजीवन संकटपूर्ण परिस्थितिमा पुर्‍याएको जनाएकाे छ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको बहाना बनाई नेपाली जनताले किन्नै नसक्ने गरी मुल्य वृद्धि गर्नु घोर अमानवीय रबैया हो,’ संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उठाइएको कर सदुपयोग नगरी कार्यकर्ता पोस्ने प्रवृत्ति फस्टाउँदै जानु चिन्ताजनक अवस्था हो।’

आर्थिक मन्दी र कोभिडले थिलो थिलो बनाएको अर्थतन्त्रमा जनतालाई राहत दिनुपर्नेमा सरकार गैरजिम्मेवार बन्दै गएकाे विज्ञप्तिमा उल्लेख छ। अहिलेको अवस्थामा निगमलाई अनुदान दिएर मूल्य घटाई जनतालाई राहत दिन संगठनले सरकारसँग माग गरेकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved