विराटनगर। मोरङको विराटनगर महानगरपालिकामा निर्वाचित उपमेयर शिल्पा निराला कार्कीले पदभार ग्रहरण गर्दै महानगरमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने पहिलो निर्णय गरेकी छन्। सोमबार पदभार गर्दै उपमेयर कार्कीले उक्त निर्णय गरेकी हुन्।
हिंसामा परेका महिलाको उद्वार, संरक्षण, कानूनी उपचार र पुनर्स्थापनामा सहयोग पुर्याउन उक्त कोष परिचालन गरिने महानगर उपप्रमुख कार्कीले बताइन्। ‘‘संविधानको धारा ३८ मा महिला र ३९ मा बालबालिकाको मौलिक हकको सम्बन्धी व्यवस्था गरिएको छ,’’ उनीले भनिन्, ‘‘त्यसकै कार्यान्वयनकानिम्ति लैङ्गिक हिंसा निवारण कोष स्थापनाको अवधारणा अघि सारिएको हो। उक्त कोष कार्यविधि २०७८ बमोजिम निमार्ण भई सञ्चालन हुनेछ।’’
कोषसँग सम्बन्धित उक्त कार्यविधि यसअघि नै नगर कार्यपालिकाको बैठकले स्वीकृत गरिसकेको छ। कोष सञ्चालन समितिको संयोजक भने उपप्रमुख रहने प्रावधान छ।
Facebook Comment
Comment