११ उपमहानगरमध्ये ७ ओटाको नतिजा, एमालेलाई धक्का

स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी रहँदा नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। नतिजा आउन बाँकी रहेका पालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ। दोस्रोमा नेकपा एमाले छ, उता तेस्रोमा नेकपा माओवादी केन्द्र कायमै छ।

नेपालभ्युज

११ उपमहानगरमध्ये ७ ओटाको नतिजा, एमालेलाई धक्का

काठमाडौं। स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी रहँदा नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। नतिजा आउन बाँकी रहेका पालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ। दोस्रोमा नेकपा एमाले छ, उता तेस्रोमा नेकपा माओवादी केन्द्र कायमै छ।

१ महानगर र ६ उपमहानगरसहित ६ सय ९५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ५ महानगर र ५ उपमहानगरसहित ५८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। विराटनगर महानगरपालिकाको अन्तिम नतिजा आउँदा कांग्रेसले बाजी मारेको छ।

७ उपमहानगरमध्ये कांग्रेस र एमाले २–२, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १–१ पालिकामा जितेका छन्। अघिल्लो पटक ८ उपमहानगर जितेको एमालेले अहिलेसम्मको गणनामा एक ठाउँमा मात्र जितेको छ।

धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन्।

प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर वडलाई पराजित गरेका हुन्।

जितपुर सिमरा उपमहानगरपालिका

प्रमुख– राजन पौडेल (नेकपा माओवादी केन्द्र)
उपप्रमुख– भोलाप्रसाद अधिकारी (नेकपा एमाले)

कलैया उपमहानगरपालिका

प्रमुख– विनोदप्रसाद साह (नेकपा एमाले)
उपप्रमुख– रौशन परविन (नेकपा एमाले)

घोराही उपमहानगरपालिका

प्रमुख– नरुलाल चौधरी (नेकपा एमाले)
उपप्रमुख– हुमाकुमारी डिसी (नेकपा एमाले)

नेपालगन्ज उपमहानगरपालिका

प्रमुख– प्रशान्त विष्ट (नेपाली कांग्रेस)
उपप्रमुख– कमरूद्दीन राई (जनता समाजवादी पार्टी)

हेटौँडा उपमहानगरपालिका

प्रमुख– मीना कुमारी लामा (नेकपा (एकीकृत समाजवादी))
उपप्रमुख– राजेश बानिया (नेपाली कांग्रेस)

बुटवल उपमहानगरपालिका

प्रमुख– खेलराज पाण्डेय (नेपाली कांग्रेस)
उपप्रमुख– सावित्रीदेवी अर्याल (नेकपा एमाले)

धनगढी उपमहानगरपालिका

प्रमुख- गोपाल हमाल (स्वतन्त्र)

उपप्रमुख – कन्दकला राना (एमाले उम्मेदवार)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved