काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलमाथि खनिएका छन्।
एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गर्दै थापाले अभिव्यक्त गरेको समाचार एक अनलाइनमा प्रकाशित भएपछि त्यसलाई सेयर गर्दै प्रचण्ड गालीगलौजमै उत्रिएका हुन्। ओली युवाहरूका मात्र नभई विचार र आस्थाका पनि ‘बा’ भएका थापाले बताएका उक्त समाचारमा उल्लेख छ।
यद्यपि उक्त समाचारको साइट अहिले खुलेको छैन।

उक्त समाचार सेयर गर्दै प्रचण्डको आधिकारिक फेसबुकमा लेखिएको छ-
स्खलनको चरमता !
यही आस्थाका बा थिए भने २०५१ मै केपीको भजन गाएको भए हुने !!! लाखौं युवालाई सपना देखाएर आज तिनै सपना बलात्कृत गर्ने बाहरूको चाकरी गर्न अलिकति पनि लज्जा लाग्दैन ? पतनको यो घिनलाग्दोपना किन प्रदर्शन गरिराख्छौ ?
प्रचण्डले फेसबुकमा सेयर गरेको पोस्ट

Facebook Comment
Comment