बाजुराको बूढीनन्दा नगर प्रमुखमा एमाले विजयी

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ ओटा वडा एमाले र ३ वडाध्यक्ष कांग्रेसले जितेको छ।

नेपालभ्युज

बाजुरा। जिल्लाको बूढीनन्दा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनककुमार बोहरा र उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्।

एमालेका जनकले पाँच हजार ११५ मत ल्याएर मेयर जितेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमकुमार गिरीले तीन हजार २७१ मत पाए।

यस्तै, नगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुरले चार हजार ७७ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी रीतादेवीले तीन हजार ६७७ मत पाइन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ ओटा वडा एमाले र ३ वडाध्यक्ष कांग्रेसले जितेको छ।

जिल्लाका नौ पालिकामध्ये आठ पालिकाको मत परिणाम आइसकेको छ।

बूढीगङ्गा नगरपालिकामा भने कांग्रेस र एमालेबीच विवाद हुँदा मतगणनाबारे अन्योल रहेको छ। नगरपालिकाको विवाद समाधानका लागि निर्वाचन आयोगको टोलीले अनुगमन गरेको भए पनि हालसम्म कुनै निर्णय हुन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved