‘पश्चिमा मुलुकको मोडेलबाट मुलुकको आर्थिक विकास हुन सक्दैन’

नेपालभ्युज

‘पश्चिमा मुलुकको मोडेलबाट मुलुकको आर्थिक विकास हुन सक्दैन’
फाइल फोटो

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा मुलुकहरूको मोडेलबाट मुलुकको आर्थिक क्षेत्रको विकास हुन नसक्ने बताएका छन्।

नेता खनालले आफ्नै मुलुकको आर्थिक स्थितिमा आधारित रहेर मुलुकको आर्थिक विकास गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन जरुरी रहेको पनि बताए।

सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउन पनि सुझाव दिए।

खनालले भने, “पश्चिमाहरूले आफ्नो मोडेल सिकाउने गरेका छन्। ती मोडेलहरू हाम्रो देशका लागि काम लाग्ने छैनन्। काम लाग्ने कुराहरू मात्रै हामीले सिक्नुपर्दछ। हाम्रो दशको आर्थिक स्थितिमा आधारित मोडेल विकास गरेर मात्रै मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सकिन्छ। त्यसका लागि कृषि क्षेत्रको विकासमा लगानी बढाउनु पर्‍यो। औद्योगिक क्षेत्रको विकासमा लगानी बढाउनु पर्‍यो। शिक्षा र स्वास्थ्यको क्षेत्रमा विशेष व्यवस्था गर्नुपर्‍यो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved