भरतपुरमा रेनुको फराकिलो अग्रता कायमै

नेपालभ्युज

भरतपुरमा रेनुको फराकिलो अग्रता कायमै

भरतपुर । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

पछिल्लो मतपरिणाअनुसार दाहालले नेकपा एमालेका गठबन्धनका उम्मेदवार विजय सुवेदीभन्दा ३२०२ मतले अग्रता बनाएकी छन्। दाहालले २२ हजार ५९६ मत पाएकी छन् भने सुवेदीले १९ हजार ३९४ मत पाएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ३७३ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २४ हजार ८४६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १५ हजार ३११ त पाएकी छन्।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved