सेन्साईको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजनाकाे पहिलो विजेता बने रामशुभन थारु

विजेता थारुले एप्पल आइफोन १३ (२५६ जीबी) जितेका छन्।

नेपालभ्युज

सेन्साईको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजनाकाे पहिलो विजेता बने रामशुभन थारु

काठमाडौं। सौरहिया बुटवलका रामशुभन थारु नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईकाे ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजनाकाे पहिलाे विजेता घाेषित भएका छन्।

विजेता थारुले एप्पल आइफोन १३ (२५६ जीबी) जितेका छन्। उनले फर्साटेकर बुटवलको ओ.एस् एलेक्ट्रोनिक्स् मार्फत सेन्साईको रेफ्रिजिरेटर खरिद गरेका थिए।

नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै सेन्साईले ‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजना सार्वजनिक गरेकाे थियाे। सोही योजना अन्तर्गत पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबूक पेज मार्फत लाइभ घोषणा गरिएको हाे।

सेन्साईकाे उक्त याेजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा यामाहा एफजी बाईक र एप्पल म्याकबूक एयर ल्यापटप, एप्पल आइफोन १३ र एप्पल आइप्याड जित्न सकिने व्यवस्था गरिएकाे थियाे। योजनामा लक्की ड्र मार्फत अझै पनि थुप्रै भाग्यशाली बिजेताहरु घोषणा गर्न बाँकी नै रहेको कम्पनीले जनाएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved