३४ वर्षअघिको मुद्दामा नवजोत सिद्धुलाई एक वर्षको जेल सजाय

नेपालभ्युज

३४ वर्षअघिको मुद्दामा नवजोत सिद्धुलाई एक वर्षको जेल सजाय

काठमाडौं। भारतका चर्चित राष्ट्रिय पूर्वक्रिकेटर तथा राजनितीज्ञ नवजोत सिंह सिद्धुलाई त्यहाँको सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाएको छ। ३४ वर्षअघिको सडक घटनाको काण्डमा उनलाई सजाय दिइएको हो।

सन् १९९८ को घटनामा उनको कारणले गुरमान सिंहको मृत्यु भएको आरोप लागेको थियो। पन्जाबको पटियालामा भएको घटनामा सिद्धुले ६५ वर्षीय गुरमानलाई गाडीबाट निकालेर उनीमाथि शरीरिक हमला गरेका थिए।

यसपछि सन् १९९९ मा उनी माथि गुरमानको हत्याको आरोप लागेको थियो। यसपछि सन् २००६ मा पन्जाब र हरियाणाको उच्च अदालतले उनलाई तीन वर्षको सजाय दिएको थियो। तर सन् २०१८ मा सर्वोच्च अदालतले ‍तीन वर्षको सजायलाई घटाएर एक हजार रुपैयाँ जरिवानाको निर्णय सुनाएको थियो।

हाल सर्वोच्चले आफ्नो सो निर्णयलाई उल्टाएर यो एक वर्षको सजाय सुनाएको हो। यसपटक भने सर्वोच्चले यो घटनामा दिन सक्ने अधिक्तम सजायको रुपमा एक वर्षको जेल सजायको निर्णय गरेको हो।
अदालतको आदेशसँगै अब सिद्धुलाई पन्जाब पुलिसले हिरासतमा लिने बताइएको छ।

सिद्धु पन्जाब कंग्रेसका अध्यक्षसमेत हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved