काठमाडौं। भरतपुर वडा नम्बर ९ मा नेकपा एकीकृत समाजवादी पार्टीले वडाध्यक्ष जितेको छ। एकीकृत समाजवादीका यमलाल कँडेलले १ हजार ९ सय ५८ मत ल्याउँदै निर्वाचन जितेका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका लीलाबल्लभ भुषालले १ हजार ४ सय ६ मत ल्याए।
अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ११ को मतगणना भइरहेको छ। वडा नम्बर १० मा गठबन्धनबाट कांग्रेसका परमेश्वर खनाल वडाध्यक्षको प्रतिस्पर्धी छन्। खनालले ३ हजार ३ सय ४९ मतगणना हुँदा खनाल आफ्ना प्रतिस्पर्धी भक्तिप्रसाद गौतमभन्दा २६० मतले अगाडि छन्।
यस्तै भरतपुर वडा नं ११ मा एमालेका कमल बहादुर मल्लले गठबन्धनबाट ११ मा वडाध्यक्षमा प्रतिस्पर्धा गरेका विष्णुप्रसाद पौडेलभन्दा १६० मतले अगाडि छन्। यस्तै वडा नं १० मा मेयर पदकी प्रतिस्पर्धी रेनु दाहाल अगाडि हुँदा ११ मा एमालेका विजय सुवेदी अगाडि छन्।
Facebook Comment
Comment