कपिलवस्तुको मेयर र उपमेयरमा जसपा विजयी

नेपालभ्युज

कपिलवस्तुको मेयर र उपमेयरमा जसपा विजयी

काठमाडौं। कपिलवस्तु नगरपालिकाको मेयर र उपमेयर जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ।

जसपाका सुदीप पौडेल नेकपा एमालेका उम्मेदवार राजेशकुमार गुप्तालाई ३ हजार १२४ मतले पराजित गर्दै मेयरमा निर्वाचित भए।

उनले ११ हजार ९०६ मत प्राप्त गरेकोमा उनका प्रतिद्वन्द्वी राजेशकुमारले ८ हजार ७८२ मत ल्याए।

यस्तै उपमेयरमा पनि जसपाकी सुनिता गुप्ता ९ हजार ५७० मतसहित विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी तुलसादेवी पाण्डेले ९ हजार ३७९ मत ल्याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved