तीन वडासहित दुधौलीको प्रमुखमा माओवादीकाे जित, उपप्रमुखसहित कांग्रेसले जित्याे सात वडा

नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गर्दै दुधौली नगरपालिकाको प्रमुखमा दिनेश अधिकारी दनुवार निर्वाचित भएका छन्।

नेपालभ्युज

तीन वडासहित दुधौलीको प्रमुखमा माओवादीकाे जित, उपप्रमुखसहित कांग्रेसले जित्याे सात वडा

सिन्धुली। दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन्।

नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारु निर्वाचित भएका हुन्। दनुवारले १५ हजार ८३८ तथा थारुले १४ हजार २१३ मत प्राप्त गरे। प्रमुखका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६३५ तथा उपप्रमुखका प्रतिद्वन्द्वी एमालेकै बालकुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त गरेका छन्।

१४ वडामध्ये कांग्रेसले सात, एमालेले चार र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेको छ। कांग्रेस वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा विजयी भएको छ। यस्तै एमाले उम्मेदवार वडा नं २, ९, १० र ११ मा तथा माओवादी केन्द्रका उम्मेदवार वडा नं १२, १३ र १४ मा विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved