भतरपुर । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा नेकपा एमालेका उम्मेदवार दानबहादुर गुरुङ अध्यक्षमा र उपाध्यक्षमा एमालेकै माया सिलवाल विजयी भएका छन्।
गुरुङले नेपाली कांग्रेसकी अध्यक्ष उम्मेदवार गीताकुमारी गुरुङलाई फराकिलो मतान्तरले पराजित गरे।
एमालेका गुरुङले ६ हजार ११० मत पाए भने पराजित कांग्रेसकी गीताकुमारीले ४ हजार ६०८ मत ल्याइन्। एमालेबाट विजयी गुरुङ सरकारी विद्यालयको प्रधानाध्यापक हुन्। जागिर छाडेर उनी उम्मेदवार बनेका थिए।
त्यसैगरी उपाध्यक्षमा एमालेकी सिलवालले पाँच हजार ३४४ मत पाइन्। उनले माओवादी केन्द्रका प्रताप गुरुङलाई ३०० मतले पराजित गरिन्। गुरुङले पाँच हजार ४४ मत ल्याए।
यहाँ ०७४ सालको निर्वाचनमा कांग्रेसले अध्यक्ष जितेको थियो। गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा माओवादी, २, ३, ४ र ५, ६ मा एमाले विजयी भएको छ। वडा नम्बर ७ मा भने कांग्रेस विजयी भएको छ।
Facebook Comment
Comment