दैलेखको आठबीस नगरपालिका एमाले विजयी

एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी भएका छन् भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भएकी छन्।

नेपालभ्युज

सुर्खेत। दैलेखको आठबीस नगरपालिकाको प्रमुख र उपप्रमुखसहित बहुमत वडामा एमाले विजयी भएको छ।

एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी भएका छन् भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भएकी छन्।

कांग्रेसका उम्मद्वार प्रेम प्रकाश शाहीलाई २६१ मतान्तरले हराउँदै बडुवाल विजयी भएका छन्। बडुवालले ५३२७ मत ल्याएका छन्। पराजित शाहीले भने ५०६६ मत मात्रै पाए।

यस्तै, उपप्रमुखमा एमालेकी थापा १४८ मतान्तरले विजयी भएकी छन्। कांग्रेसबाट उम्मेद्वार बनेकी निशा थापाले ४९६५ मत ल्याएर पराजित हुँदा थापाले ५११३ मत ल्याएर विजयी भएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved