बालेन शाहको लिड ८ हजार माथि, जारी गणनामा पाए १६ हजार ५ सय भोट

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले एमाले–कांग्रेसका उम्मेदवारलाइ निकै पछि पारेका छन्। निकटतम प्रतिद्वन्द्वीभन्दा उनको अग्रता ८ हजारभन्दा धेरै भएको छ।

नेपालभ्युज

बालेन शाहको लिड ८ हजार माथि, जारी गणनामा पाए १६ हजार ५ सय भोट

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले एमाले–कांग्रेसका उम्मेदवारलाइ निकै पछि पारेका छन्। निकटतम प्रतिद्वन्द्वीभन्दा उनको अग्रता ८ हजारभन्दा धेरै भएको छ।

पछिल्लो मतगणना अनुसार बालेनले १६ हजार भोट कटाएका छन्। बालेनले १६ हजार ५ सय ७९ भोट पाए। उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापितले ८ हजार ५ सय ७३ भोट पाएका छन्। त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७ हजार ७ सय ८ भोट ल्याएकी छन्।

मतगणनाको सुरूदेखि नै बालेनले अग्रता कायम गर्न सफल भएका छन्। अहिले उनको अग्रता एमालेसँग ८ हजार ६ पुगेको छ। काग्रेससँग उनको अग्रता ८ हजार ८ सय ७१ पुगेको छ।

यता उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले १५ हजार ६७४ मत पाएकी छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा एसका रामेश्वर श्रेष्ठले ५ हजार १५ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved