पोल्यान्ड जान लागेका नेपाली युवाको दिल्लीमा रेलले किचेर ज्यान गयो

झापाको दमक–४ का २६ वर्षीय श्रीजन सङ्ग्रौलाले नयाँदिल्लीस्थित रेल्वे ट्र्याकमा रेलले किचेर ज्यान गएको अवस्थामा भेटिएका हुन्। संग्रौलाका बुबा ध्रुवले मृतकको पहिचान गरेका हुन्।

नेपालभ्युज

पोल्यान्ड जान लागेका नेपाली युवाको दिल्लीमा रेलले किचेर ज्यान गयो
सांकेतिक तस्वीर।

नयाँदिल्ली। रोजगारीको खोजीमा पोल्यान्ड जाने प्रक्रियाका लागि नयाँदिल्ली आएका एक नेपाली मृत भेटिएका छन् ।

झापाको दमक–४ का २६ वर्षीय श्रीजन सङ्ग्रौलाले नयाँदिल्लीस्थित रेल्वे ट्र्याकमा रेलले किचेर ज्यान गएको अवस्थामा भेटिएका हुन्। संग्रौलाका बुबा ध्रुवले मृतकको पहिचान गरेका हुन्।

संग्रौला पोल्यान्ड जान आवश्यक प्रक्रियाका लागि वैशाखको अन्तिम साता झापाबाट दिल्ली आएका थिए। पहाडगंजस्थित होटल मदर प्यालेसमा बसेका उनी वैशाख २७ साँझबाट हराएका थिए।

उनी हराएको सूचना पाएसँगै खोजीका लागि परिवारजन दुई दिनअघि दिल्ली आएका थिए। प्रहरीले केही घटनाका तस्बिर देखाउँदा संग्रौलाको पनि भेटिएको हो।
दिल्ली प्रहरीका सहायक निरीक्षक सुखपाल सिंहले सुनसान स्था

नमा रेलले किचेको अवस्थामा संग्रौलाको शव भेटिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved