आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता : करमुखीबाट उत्पादनमुखी अर्थतन्त्र (पूर्णपाठ)

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्मा प्रस्तावित विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकताको सम्बन्धमा ४ र ५ जेठमा छलफल हुने भएको जानकारी दिए।

नेपालभ्युज

आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता : करमुखीबाट उत्पादनमुखी अर्थतन्त्र (पूर्णपाठ)

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गरेका छन्।

अर्थमन्त्री शर्माले संवैधानिक प्रावधानअनुरुप पूर्वबजेट (प्रिबजेट) छलफलका लागि उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री शर्माले सदनमा पेश गरेको आगामी आर्थिक वर्षको विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकतामा आगामी बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको क्षेत्रमा विशेष प्राथमिकता दिने उल्लेख गरिएको छ।

साथै, करमुखी अर्थतन्त्रलाई परिवर्तन गर्दै मुलुकलाई उत्पादनमुखी अर्थतन्त्रमा लाने बजेटको सिद्धान्त तथा प्राथमिकता रहेको प्रस्ताव पेश गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्मा प्रस्तावित विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकताको सम्बन्धमा ४ र ५ जेठमा छलफल हुने भएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved