मुलुकलाई संकटबाट जोगाउन संसद्को अवरोध हटायौँ : प्रदीप ज्ञवाली

नेपालभ्युज

मुलुकलाई संकटबाट जोगाउन संसद्को अवरोध हटायौँ : प्रदीप ज्ञवाली

काठमाडौं। नेकपा एमालेले नौ महीनादेखि अवरुद्ध संसद्को अवरोध खोल्ने निर्णय गरेको छ। अघिल्लो वर्ष २३ भदौदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको एमालेले आज शुरु भएको प्रतिनिधिसभाको बैठकमा अवरोध गरेन।

बैठक शुरु भएपछि बोल्दै एमालेका उपमहानसचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रमा ठूलो संकट उत्पन्न भएकाले अवरोध खोल्ने निर्णय गरेको बताए। उनले आफ्नो असन्तुष्टि कायम रहेको तर अर्थतन्त्रबारे गम्भीर छलफल गर्न आवश्यक भएकाले संसद्को अवरोध एमालेले हटाएको बताए।

अर्थतन्त्रबारे छलफल आवश्यक भएकाले छलफल गर्नुपर्ने उनको भनाइ थियो। ‘‘झण्डै झण्डै मुलुक राष्ट्रिय संकटतर्फ धकेलिँदै गएको यस विषयले बडी पिन्च पनि गरेको छ त्यसकारण त्यो विषयमा बढी छलफल होस् भनेर हामीले हाम्रो विरोधको स्वरूप परिवर्तन गरेका हौँ,” उनले भने, ‘‘मुलुकको अर्थतन्त्र अहिले एकदमै ठूलो संकटमा छ, तर प्रधानमन्त्री र मन्त्रीहरू सत्ताको सेटिङमा हुनुहुन्छ।” महँगी बढेको र वैदेशिक व्यापार घाटा चुलिँदै गएको भए पनि सरकारले अर्थतन्त्र तहसनहस भइसकेको नदेखेको आरोप उनले लगाए।

देशको स्थिति भयावह हुँदै गएकाले अर्थतन्त्रबारे संसद्‍मा छलफल गरी मुलुकलाई संकटबाट जोगाउन लाग्नुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved