बझाङ। बझाङको बित्थडचिर गाउँपालिमा-५ बुथ कब्जा गरेर फर्जी मत हालेको भेटिएको छ। अहिले वडा नम्बर ५ को मतगणना भइरहेको छ।
उक्त वडाको ३९० मत गणना हुँदासम्म ७ मत मतदान अधिकृतको हस्ताक्षर बिनाका मतपत्र भेटिएका हुन्। सोही वडा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष उम्मेदवार अमर महरको वडा हो।
मतदानको समयमा पार्टी प्रतिनिधिलाई छुट्टै राखेर बुथ कब्जा गरेर कांग्रेसहरुले फर्जी मत हालेको नेकपा एमालेका जिल्ला कमिटी सदस्य प्रेम बोहराले आरोप लगाए। उनका अनुसार मतदानस्थलमा आफ्ना प्रतिनिधि पस्न दिएको थिएन। एकलौटी रूपमा बुथ कब्जा नै गरेर फर्जी मत हालेका उनले बताए।
उनले मतदान अधिकृतलाई कारबाही हुनुपर्ने र सोही वडामा पुनः मतदान गर्नुपर्ने माग गरेका छन्।
भुमेश्वरी आधारभूत विद्यालय धामीगाउँ केन्द्र रहेको उक्त वडामा मतदान अधिकृत शिवराज जोशी खटिएका थिए।
Facebook Comment
Comment